काठमाडौं,२४, कात्तिक
राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। "/>

वन्यजन्तुको चोरी शिकारीमा संलग्न ५ सय ४० पक्राउ

वन्यजन्तुको चोरी शिकारीमा संलग्न ५ सय ४० पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४, कात्तिक
राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्ने लगायत अन्य वन्यजन्तुको अवैध व्यापारमा संलग्न रहेका ५ सय जनालाई पक्राउ गरी कारबाही थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ। सीआईबीको पछिल्लो विवरण अनुसार राष्ट्रिय निकुञ्जको स्वीकृतिबिना गैरकानुनी तरिकाले वन्यजन्तु घरमै पाल्ने र गैरकानुनी रूपमा वन्यजन्तुको व्यापार गरेको अभियोगमा ५ सय ४० जना पक्राउ परेका छन् । ती सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार कारबाही हुने विभागले बताएको छ। जसमध्ये ५ सय १२ जना पुरुष छन् । ती मध्ये ४ सय ८२ जना स्वदेशी र ३० जना विदेशी रहेका छन्।

यस्तै २८ जना महिला पक्राउ परेका छन् । ती मध्ये २७ जना स्वदेशी र १ जना विदेशी महिला रहेको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ। ब्युरोका अनुसार गैंडाको खाग ८ वटा, गैंडाको खुर १३ वटा, बाघको छाला २ वटा, सुनाखरी ४ किलो ४ सय ग्राम, हात्तीको दाह्राबाट बनेको देवीको जस्तो देखिने आकृति एक थान नियन्त्रणमा लिइएको छ। हाब्रेको छाला ११ थान, ओंतको छाला एक थान, शालकको खपटा १३ केजी, बाघको हड्डी १ केजी २ सय ग्राम, कस्तुरीको विना २ थान, शालक जीवित १ थान, हुचिल जीवित २ थान, चितुवाको छाला ३ थान, ध्वाँसे चितुवाको छाला १ केजी ५ सय ग्राम बरामद गरिएको छ। हात्तीको दाह्राबाट निर्मित कृष्णको मूर्ति १ थान, सुनाखरी नामक जडीबुटी ९ केजी ३ सय ६४ ग्राम, गैंडाको खाग १ थान सामग्री बरामद गरिएको छ।
नेपाल समाचारपत्रबाट

Logo