रुकुम ,२३, कात्तिक
नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं बिनाबिभागिय मन्त्री जनार्दन शर्माको घरमा कालो व्यानर टाँसेको आरोपमा बिप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गत १८ गते शर्माको घरमा दलाल संसदिय व्यवस्था मुर्दावाद लेखिएको व्यानर टाँसिएको थियो । सो कालो व्यानर टाँसेको आरोपमा नेकपाका मोतीराम खड्का र दिपक बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निबार्चन बिरोधी गतिबिधि गर्न सक्ने भन्दै नेकपाका बिभिन्न गतिबिधिलाई नजिकबाट नियाली रहेको प्रहरीको भनाई छ । निर्वाचनको बेला जिल्लाको शान्ति सुरक्षामा असर पर्ने कुनै पनि कार्य गर्न नपाइने र त्यस्ता गतिबिधिमा संलग्नलाई कानुन अनुसार कार्वाही हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले स्पष्ट पारेको छ । माओबादी केन्द्रका नेता शर्मा रुकुम पश्चिम अन्र्तगत नेकपा एमाले र नेकपा माओबादीका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार समेत छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया