अछाम,२३, कात्तिक
आगामी मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी अछाममा मदिरा निषेधितक्षेत्र घोषणा गरिएको छ । "/>

निर्वाचन भरि अछाम मदिरा निषेधित जिल्ला घोषणा

निर्वाचन भरि अछाम मदिरा निषेधित जिल्ला घोषणा

केन्द्रबिन्दु
0
Shares

अछाम,२३, कात्तिक
आगामी मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी अछाममा मदिरा निषेधितक्षेत्र घोषणा गरिएको छ । मंसिर १ गते देखी मतपरिणाम सार्वजनिक भएको सात दिन सम्मको लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३ (क) बमोजिम जिल्लाभर मादक पदार्थ बिक्रि वितरणमा रोक लगाइएको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । जिल्लामा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा निष्पक्ष र धाँधली रहित निर्वाचन सम्पन्न गर्न गराउनका लागि मदिराको विक्रि वितरणमा रोक लगाइएको उनले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय अछामले सुचना जारी गरेर सदमुकाम र जिल्लाका अन्य सवै क्षेत्रमा मदिराको विक्री वितरण नगर्न निर्देशन दिइसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा अनुगमन गर्न सक्ने पनि स्पष्ट पारेको छ ।
नयाँपत्रिकाबाट

Logo