पोखरा,२३, कात्तिक
वन विज्ञान अध्ययन संस्थानमा बिएस्सीको परीक्षा दिएर बसेका विद्यार्थी नतिजाको व्यग्र पर्खाइमा थिए । "/>

वन विज्ञानको परीक्षामा गयल विद्यार्थी पनि पास !?

वन विज्ञानको परीक्षामा गयल विद्यार्थी पनि पास !?

केन्द्रबिन्दु
0
Shares

पोखरा,२३, कात्तिक
वन विज्ञान अध्ययन संस्थानमा बिएस्सीको परीक्षा दिएर बसेका विद्यार्थी नतिजाको व्यग्र पर्खाइमा थिए । जब हालै परीक्षाफल आयो, उनीहरु सबै आश्चर्यचकित भए। आफू फेल वा पास भएर उनीहरू चकित भएका होइनन्, परीक्षा नै नदिएकाहरू पनि पास भएपछि उनीहरू आश्चर्यमा परेका हुन्।

पहिलो सेमेस्टरको परीक्षा दिएर नभ्याउँदै सेतीनदीमा खसेर बेपत्ता भएका विद्यार्थी भीष्मराज जोशीको नाम चौथो सेमेस्टरको नतिजा निस्कँदा उत्तीर्णको सूचीमा परेको छ। जोशी हराएको थाहा पाएका क्याम्पसका विद्यार्थीहरूले उनको नाम पास हुनेको सूचीमा देखेपछि लापरवाही भएको थाहा पाए । नेविसंघ, अखिल, अखिल क्रान्तिकारी, अखिल छैटौं लगायत विद्यार्थी संगठनले क्याम्पसको चरम लापरवाहीले पूरै नतिजाप्रतिको विश्वास हराएको जनाएका छन्। ‘पहिला पहिला भएका नतिजा पनि विश्वास गर्न नसकिने भयो’, अखिल क्रान्तिकारीकी समीक्षा अर्यालले भनिन् । उनकै भनाइमा हराएका विद्यार्थी मात्रै होइन, रसिया गएका, अमेरिका गएका र जाँचै नदिएका विद्यार्थीको नाम पनि उत्तीर्णको सूचीमा प्रकाशित भयो। वन विज्ञान अध्ययन संस्थानले गएको १७ गते शुक्रबार बिएस्सी दोस्रो, चौथो र छैटौं समेस्टरको नतिजा निकालेको थियो।
अन्नपूर्णबाट

Logo