काठमाडौं,२१, कात्तिक
वाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचका साथ सफाइ अभियान थालिएको दुई दशक भन्दा बढी समय भएको छ । "/>

वाग्मती सफाइका नाममा पाँच अर्ब सकियो, हालत उस्तै

वाग्मती सफाइका नाममा पाँच अर्ब सकियो, हालत उस्तै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२१, कात्तिक
वाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचका साथ सफाइ अभियान थालिएको दुई दशक भन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर प्रगति शून्य बराबरमै छ । सरकारले ०५२ सालमा बाग्मती सफाइ अभियान थालेको थियो । पहिलो चरणमा गोकर्ण देखि पशुपतिसम्मको क्षेत्रलाई सफा बनाउने कार्यक्रम थियो । यो क्षेत्रमा सफा मात्र होइन, निर्मलीकरण अर्थात् नुहाउन मिल्ने पवित्र जल बगाउने सरकारी योजना थियो । योजना अनुसार बजेट खर्च भए पनि सरकारी लक्ष्य भने योजनाको किताबमा मात्रै सीमित भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु भएको बाग्मती सफाइको अभियान पनि अभियानमै सीमित भयो । अभियान एक सय साता पुगेको अवसरमा पूर्वमुख्यसचिव लीलामणि पौडेलले बाग्मतीकै पानीले गुह्येश्वरी क्षेत्रमा नुहाएका पनि थिए । त्यतिबेलै अब बाग्मती सफा भयो भनेर सन्देश दिन खोजिएको थियो । अभियान दुई सय ३४ सातामा जारी छ । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले बाग्मती सफाइका नाममा खर्च मात्रै भएको बताउँछन् । ‘खर्च अनुसार उपलब्धि छैन । हामीले पटक पटक खर्च सार्वजनिक गर्न माग गर्दै आएका छौं । बाग्मती सभ्यताले कति खर्च भयो भनेर बताउनै चाहँदैन’, उनले भने । आलेले १७ वर्ष अगाडि नागरिक तहबाट बाग्मती सफाइ अभियान सुरु गरेका थिए । काठमाडौं उपत्यकाभित्रबाट बग्ने र बाग्मती सम्म आइपुग्ने विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमती, इन्द्रमती, नख्खु र कोट्खुको सफाइ नगरेसम्म बाग्मती सफाइ सफल हुँदैन । यी सबै नदी सफाइ गर्न र सबैमा दायाँबायाँ ढलको व्यवस्थापन गर्न यसका सहायक नदीको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले सफाइलाई पूर्णता दिन चुनौतीपूर्ण छ ।
अन्नपूर्णपोष्टबाट

Logo