काठमाडौं , २०, कात्तिक

सवारी साधनको इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुलेको छ । "/>

सवारी साधनमा प्रदेश इम्बोस्ड नम्बरप्लेट आवेदन आजबाट शुरु

सवारी साधनमा प्रदेश इम्बोस्ड नम्बरप्लेट आवेदन आजबाट शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २०, कात्तिक

सवारी साधनको इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुलेको छ । सरकारले भदौ ५ गते सार्वजनिक गरेको इम्बोस्ड नम्बरप्लेटमा नेपालकै संविधानबाट खारेज भइसकेको अञ्चल लेखेर यातायात व्यवस्था विभाग लगायत सरकारी १३ वटा सवारीसाधनमा इम्बोस्ड नम्बर प्रयोग गरिएको थियो । यातायात व्यवसायी र सर्वसाधारणको निरन्तरको विरोधपछि अञ्चल उल्लेखित इम्बोस्ड नम्बरप्लेटमा प्रदेश नम्बर लेखिने भएको हो ।

इम्बोस्ड नम्बरमा सरकारी कर्मचारीकै मनपरी बढेको र अञ्चल उल्लेख गरिनु संविधान विपरित भएको भन्दै भदौ २१ गते बसेको संसद विकास समिति बैठकले इम्बोस्ड नम्बरको उत्पादन तत्काल रोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको थियो । “निर्देशनपछि इम्बोस्ड नम्बरको उत्पादन रोकेका थियौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “नम्बरप्लेट बनाउनका लागि प्रदेश अङ्कीत फ्रेम लगायत अन्य सामग्री जुटाइसकेका छौं, प्रदेश लेखिएका नम्बरका लागि अनलाइन आवेदन आजबाट खुला गरिएको छ ।” अञ्चल लेखिएको ठाउँमा प्रदेश नम्बर राख्ने गरी यातायात व्यवस्था नियमावली संशोधनको निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको पनि विभागको भनाइ छ ।

Logo