काठमाडौं , २०, कात्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन गर्न सचिव र सहसचिवहरूको टोली आज देखि खटिने भएको छ। "/>

पहिलो चरणको चुनावका लागी आज देखि निर्वाचन अनुगमन हुँदै

पहिलो चरणको चुनावका लागी आज देखि निर्वाचन अनुगमन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २०, कात्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन गर्न सचिव र सहसचिवहरूको टोली आज देखि खटिने भएको छ। जिल्लामा आचार संहिता पालना भए⁄नभएको सूक्ष्म अनुगमन गर्न सो टोली खट्न लागेको हो। अनुगमन टोलीमा एक जना उप–महालेखापरीक्षक र सहसचिवहरू गरी ३७ जना रहने भएका छन् । अनुगमन टोलीको बिहीबार भएको अभिमुखीकरणमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारबाही गर्न पनि निर्देशन दिए ।

उनले विकट भौगोलिक अवस्था, चिसो मौसम तथा सञ्चार सम्पर्क हुन नसक्ने जस्ता व्यवधानहरूको उचित व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षसँग समन्वय एवं सहकार्य गरेर काम गर्न पनि निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन सञ्चालनका क्रममा तथा निर्वाचन आचार संहिता पालनाका क्रममा आउन सक्ने व्यवधानलाई पूर्वानुमान गरी रोकथामका उपायहरू अवलम्बन गर्न समेत निर्देशन दिएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo