काठमाडौं , २०, कात्तिक
०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए । तर स्थानीय निर्वाचनमा आइपुग्दा उक्त क्षेत्रको चुनावी गणित पूरै बदलिएको छ । "/>

काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी गणित : तटस्थ मत निर्णायक हुने

काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी गणित : तटस्थ मत निर्णायक हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २०, कात्तिक
०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए । तर स्थानीय निर्वाचनमा आइपुग्दा उक्त क्षेत्रको चुनावी गणित पूरै बदलिएको छ । राष्ट्रिय जीवनमा योगदान गरेका डा. राजन भट्टराई एमाले उम्मेदवार भएकाले यसपल्ट तटस्थ मत पनि बाँडिने पक्का छ । काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् । यो क्षेत्रमा ०७० को चुनावमा कांग्रेसका युवा नेता गगनकुमार थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुर्इंकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुनले ६ हजार ४६२ मत ल्याएका थिए । गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजा अनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक अरु जित्न सकेन ।

यो क्षेत्रमा अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ मत छ । यो क्षेत्रबाट विवेकशील–साझा पार्टीले २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण कति स्वतन्त्र भोट उनले तान्न सक्छिन् भन्ने तथ्यले हार जित निक्र्योल गर्ने देखिन्छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo