काठमाडौं , २०, कात्तिक
आगामी निर्वाचनमा सर्वसाधारणको मत तान्न प्रमुख राजनीतिक दलहरुले पूरा हुनै नसक्ने खालका आर्थिक एजेन्डा सार्वजनिक गरेर फेरि एकपटक मतदातालाई झुक्याएका छन्। "/>

भोट तान्न मतदातालाई फेरि झुक्काउँदै ठूला दल

भोट तान्न मतदातालाई फेरि झुक्काउँदै ठूला दल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २०, कात्तिक
आगामी निर्वाचनमा सर्वसाधारणको मत तान्न प्रमुख राजनीतिक दलहरुले पूरा हुनै नसक्ने खालका आर्थिक एजेन्डा सार्वजनिक गरेर फेरि एकपटक मतदातालाई झुक्याएका छन्।मुलुकका दुई प्रमुख पार्टीहरु एमाले र एमाओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन र नेपाली काँग्रेसले हालै सार्वजनिक गरेका चुनावी घोषणा पत्रमा प्रतिव्यक्ति आय, बिजुली उत्पादन, आर्थिक वृद्धि लगायत अधिकांश आर्थिक मुद्दाहरु सर्वसाधारणको मत तान्नकै लागि समावेश गरेको देखिन्छ।

पार्टीहरुले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी पाँच लाख रुपैयाँ पुर्‍याउने, उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, १० देखि २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, बर्सेनि लाखौंको संख्यामा रोजगारी सिर्जना गरी बेरोजगारी अन्त्य गर्ने, नेपाली अर्थतन्त्रको आकारलाई ५० खर्ब पु¥याउने जस्ता सस्ता र लोकप्रिय नारा अगाडि सारेर सर्वसाधारणलाई आकर्षित गर्न खोजेका छन्। सरसर्ती हेर्दा नेपाली कांग्रेसको भन्दा वाम गठबन्धनको आर्थिक एजेन्डा बढी सतही देखिन्छ । वाम गठबन्धनले १० वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी पाँच लाख रुपैयाँ पु¥याउने घोषणा गरेको छ । अहिले ८० हजार रुपैयाँ हाराहारीमा रहेको प्रतिव्यक्ति आम्दानीमा १० वर्षमा पाँच लाख पु¥याउन त्यत्ति सजिलो छैन।

अर्थशास्त्रीहरुका अनुसार सबै नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी पाँच हजार डलर पुर्‍याउन आगामी १० वर्षसम्म २० प्रतिशतले आय बढ्नु पर्छ । अहिले औसतमा प्रतिवर्ष १० प्रतिशतले पनि आय बढ्न सकेको छैन । वाम गठबन्धनको पाँच हजार डलर भन्दा काँग्रेसको एक लाख ५० हजार रुपैयाँ पु¥याउने घोषणा केही वास्तविक जस्तो देखिन्छ । काँग्रेस र वाम गठबन्धनले सार्वजनिक गरेको प्रतिव्यक्ति आय बढाउने घोषणा सरकारी लक्ष्यसँग पनि मेल खादैन । सरकारले ल्याएको ‘भिजन ३०’ मा आगामी १३ वर्षमा नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । काँग्रेस र वाम गठबन्धनले भने यसको तीन वर्ष अगावै पाँच हजार पु¥याउने सपना देखाएका छन् । वरिष्ठ अर्थशास्त्री केशव आचार्यले काँग्रेस र वाम गठबन्धनले घोषणा पत्रमा राखेका धेरैजसो लक्ष्य पुग्न नसक्ने किसिमका भएको बताए । ‘१० वर्षमा प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर पु¥याउँछु भन्नु अहिलेका लागि सस्तो लोकप्रियता भन्दा बढी केही होइन,’ अर्थशास्त्री आचार्यले भने ‘अहिले भइरहेको कृषि, सेवा जस्ता सामान्य क्षेत्रको विकासले १० वर्षमा यति धेरै प्रगति सम्भवै छैन।’

नागरिकबाट

Skip This
Skip This
Logo