वर्दिया , २०, कात्तिक
दोस्रोचरण अन्तर्गत आउँदो २१ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि उम्मेदवार मनोनयन दर्तासँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ । "/>

वर्दियामा चार मन्त्री प्रतिस्पर्धामा

वर्दियामा चार मन्त्री प्रतिस्पर्धामा

केन्द्रबिन्दु
0
Shares

वर्दिया , २०, कात्तिक
दोस्रोचरण अन्तर्गत आउँदो २१ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि उम्मेदवार मनोनयन दर्तासँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ । सबै उम्मेदवारले कार्यकर्ता भेटघाट तीव्र पारेका छन् । प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेको बर्दियामा प्रतिनिधिसभा सदस्यका लागि चार जना मन्त्री निर्वाचनको मैदानमा उत्रेका छन् ।

उम्मेदवार रहेका मध्ये एक जना पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री हुन् भने अन्य तीन जना बहालवाला मन्त्री हुन् । प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ बाट पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री वामदेव गौतम र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस जिल्ला सभापति तथा सिँचाइमन्त्री सञ्जयकुमार गौतम उम्मेदवार बनेका छन् । यसैगरी क्षेत्र नं २ बाट वाम गठबन्धनका तर्फबाट बिनाविभागीय मन्त्री सन्तकुमार थारू र लोकतान्त्रिक गठबन्धनबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित प्रतिस्पर्धामा रहेका छन् । वाम गठबन्धनका उम्मेदवार गौतम छैठौं पटक क्षेत्र नं १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि पाँचपटक भएका निर्वाचनमा यस क्षेत्रबाट उनले तीनपटक जितेका थिए भने दुईपटक हार बेहोरेका थिए । गौतम २०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । २०५६ को आमनिर्वाचन र २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा हारेका थिए ।
राजधानीबाट

Logo