पूर्व प्रहरी प्रमुख अर्याल अख्तियारको आशंकामा

पूर्व प्रहरी प्रमुख अर्याल अख्तियारको आशंकामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अनुसन्धान थालेको छ ।

गत फागुन महिनावाट प्रहरी प्रमुखवाट अवकाश पाएका अर्याललाई अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानविन थालेको हो । अख्तियार स्रोतका अनुसार अर्याललाई एक साता अगाडी १३ पानाको फारम भराएको जनाएको छ ।

अख्तियारले अर्याल प्रहरी प्रमुख हुदाँ प्रहरीको लत्ताकपडा र सवारी साधनको खरिदमा अनियमितता गरेको आशंका गरेको छ । उनलाई आइतवार नै वयानका लागि अख्तियारमा बोलाईएको थियो ।

Skip This
Skip This
Logo