काठमाडौं, १९, कात्तिक

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि २४ कात्तिकबाट म्यादी प्रहरी परिचालन गर्ने भएको छ । "/>

२४ कात्तिक बाट फिल्डमा म्यादी : ५५ दिनका लागि छनोट

२४ कात्तिक बाट फिल्डमा म्यादी : ५५ दिनका लागि छनोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९, कात्तिक

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि २४ कात्तिकबाट म्यादी प्रहरी परिचालन गर्ने भएको छ । २४ कात्तिकमा छनोट सकिएपछि उनीहरूलाई खटाइनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार माग भन्दा बढी आवेदन परेकाले जिल्ला जिल्लामा उनीहरूको छनोट भइरहेको छ । ‘जिल्ला जिल्लामा छनोट भइरहेको छ । २४ कात्तिकमा छनोट सकिएपछि आवश्यक निर्देशन दिएर जिल्ला सुरक्षा समितिको योजना मुताबिक उनीहरूलाई कार्यक्षेत्रमा खटाइनेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने ।

म्यादी प्रहरीले नेपाल प्रहरीलाई सहयोग गर्ने छन् । प्रत्येक मतदान केन्द्रमा म्यादी प्रहरीलाई नेपाल प्रहरीको सहयोगीका रूपमा खटाइनेछ । छनोट सकिएपछि उनीहरूलाई सामान्य सुरक्षा प्रशिक्षण दिइनेछ । ‘छनोट भएका म्यादी प्रहरीलाई केही दिन सामान्य प्रशिक्षण तथा निर्वाचन सुरक्षातालिम र भौगोलिक जानकारी सम्बन्धी प्रशिक्षणमा सहभागी गराइनेछ,’ प्रवक्ता न्यौपानेले भने । निर्वाचन आयोगले १० र २१ मंसिरमा सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिइसकेपछि नेपाल प्रहरीले भर्ना आवेदन खुलाएको थियो । १ लाख ९५ हजार जनाले आवेदन दिएका छन् । हाल ७५ वटै जिल्ला प्रहरी कार्यालय, रुकुम र नवलपरासीका नयाँ जिल्ला समेतबाट म्यादी छनोट प्रक्रिया भइरहेको छ । ५५ दिनका लागि छनोट भएका म्यादी प्रहरीलाई स्थानीय तह निर्वाचन सुरक्षामा खटिएसरह नै सेवासुविधा उपलब्ध गराइने प्रहरीले जनाएको छ ।
राजधानीबाट

Logo