काठमाडौं, १९, कात्तिक

अस्थिर सरकार र राजनीतिको मौका छोप्दै हुने गरेको अवैध कारोबारका साथै करछलीमा सरकारले कडा कदम चाल्न नसक्दा नियन्त्रण भन्दा पनि झन् वृद्धि हुँदै गएको छ । "/>

भ्याट छली गर्नेलाई कारबाही गर्न सरकार असफल

भ्याट छली गर्नेलाई कारबाही गर्न सरकार असफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९, कात्तिक

अस्थिर सरकार र राजनीतिको मौका छोप्दै हुने गरेको अवैध कारोबारका साथै करछलीमा सरकारले कडा कदम चाल्न नसक्दा नियन्त्रण भन्दा पनि झन् वृद्धि हुँदै गएको छ । विभिन्न नामबाट देशमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा तीव्रता आइरहँदा सम्बन्धित निकायको काम भने निगरानीमै बित्ने गरेको छ । नक्कली भ्याटबिलबाट कारोबार भएको पटक—पटक आन्तरिक राजस्व विभागमा जानकारी गराउँदा पनि अहिले सम्म सो मुद्दा निगरानीमै रहेको विभागले जनाएको छ । यसरी अवैध करोबार गर्ने माथि निगरानी मात्र हुने तर कारबाही भने अहिले सम्म नभएकै कारण सरकारी योजना असफल हुँदै गएको छ ।

आफूलाई उच्च व्यवसायी तथा ठूला औद्योगिक घरानीया भन्नेहरुबाटै नक्कली भ्याटबिल तयार गरेर करोडौँ छली गरेको प्रमाणित हुँदा पनि सरकारले भने ती व्यवसाय सञ्चालक माथि कुनै कारबाही गर्ने आँट समेत गर्न सकेको छैन । यसरी कारबाही नहुँदा करछली नियन्त्रण कागजी रुपमा मात्र सीमित हुन पुगेको छ । तर कर र भ्याटछली गरे÷नगरेको अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागले पटक–पटक भ्याटछलीको विवरण कारबाहीका लागि सिफारिस गरे पनि कारबाही भने हुन नसकेको विभागकै स्वीकारोक्ति छ ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo