काठमाडौं, १९, कात्तिक
मंसिर १० र २१ गते दुई चरणमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका नेतामा २०४८ साल देखि २०७४ सम्म लगातार सांसद/सभासद हुने मौका पाएका नेता पनि छन् । "/>

छैटौंपटक सांसद बन्न मैदानमा को को ?

छैटौंपटक सांसद बन्न मैदानमा को को ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९, कात्तिक
मंसिर १० र २१ गते दुई चरणमा हुने प्रनिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका नेतामा २०४८ साल देखि २०७४ सम्म लगातार सांसद/सभासद हुने मौका पाएका नेता पनि छन् । ६ नेताले २०४८ साल देखि असोज २८ सम्म करिब २६ वर्षसम्म लगातार सांसद/सभासद हुने मौका पाएका छन् । यी नेता मध्ये नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएनन् । बाँकी पाँच नेताले छैटौं पटकका लागि अहिले पनि उम्मेदवारी दिएका छन् । बिजुक्छेले नयाँ पुस्तालाई अवसर दिन आफूले यसपटक उम्मेदवारी नदिएको बताए । उनको नाम समानुपातिक उम्मेदवारको सूचीमा पनि राखिएको छैन।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार सांसद÷सभासद् निर्वाचित हँुदै आएका छन् । अहिले पनि सोही जिल्लाबाट उनी प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार छ। यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तनहँुबाट निरन्तर सांसद/सभासद् विजयी हँुदै आएका छन् । उनी २०४८, २०५१, २०५६, २०६४ र २०७० सालको संसदीय र संविधानसभा सदस्य चुनावमा विजयी भएका छन् । अहिले पनि उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाटै प्रतिस्पर्धा गर्दैछन् ।  कांग्रेसका अर्का नेता विजय गच्छदार सुनसरीबाट २०४८ सालयता सबै चुनावमा विजयी भएका छन् । २०४८, २०५१, २०५६ सालको चुनावमा उनी कांग्रेसबाट लडेका थिए भने २०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट चुनाव लडेका थिए । २०७० सालको चुनावमा भने उनी आफैं अध्यक्ष रहेको तत्कालीन मधेसी जनअधिकार फोरम फोरम नेपाल लोकतान्त्रिकबाट उम्मेदवार भएका थिए । अगामी प्रतिनिधिसभा सदस्य चुनावमा पनि उनी कांग्रेसबाट चुनाव लड्दैछन्।

कांग्रेस नेता पूर्णबहादुर खड्का र रामजनम चौधरीले पनि २०४८ सालयता निरन्तर संसद्÷संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । दुवैजना चारपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद/सभासद भएका हुन्।
नागरिकबाट

Logo