काठमाडौं, १९, कात्तिक
नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल तथा एकता प्रयास देखेर नेपाली काँग्रेस विचलित भएको बताएका छन् । "/>

वाम गठबन्धनबाट छिट्टै पार्टी एकता – नेता नेपाल

वाम गठबन्धनबाट छिट्टै पार्टी एकता – नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९, कात्तिक
नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल तथा एकता प्रयास देखेर नेपाली काँग्रेस विचलित भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा उनले लोकतान्त्रिक भनिएका शक्तिको नेतृत्वको अक्षमता, अदूरदर्शीता र पूर्वाग्रहका कारणले मुलुकको राजनीतिमा पतन अवश्यम्भावी रहेको बताए। नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले छिट्टै पार्टी एकताको स्वरुप ग्रहण गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले प्रश्न गरे, “त्यही पार्टीसँग काँग्रेसले सरकार बनाउँदा लोकतन्त्रको पक्षमा हुने अनि एमालेले सहकार्य गर्दा अलोकतान्त्रिक भयो भन्नु कहाँ सम्मको जायज कुरा हो ?” आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वामपन्थी गठबन्धनले जनादेश प्राप्त गर्ने विषयलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो । देशमा कम्युनिष्ट मिलेर अधिनायकवाद लाद्न खोजे भनेर हल्ला फिँजाएकामा चिन्ता व्यक्त गर्दै उनले भने, “हाम्रो एकता प्रयास देखेर काँग्रेस विचलित भएको छ, अत्यन्तै तल्लो स्तरमा उत्रिएर प्रस्तुत भएको छ, उसका प्रतिक्रिया जथाभावी आएका छन् ।” काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेता नेपालले तीन प्रतिशतको मतसीमाको व्यवस्थाले दलबीच ध्रुवीकरण बढ्दै गएको बताए ।   रासस

Logo