काठमाडौं, १९, कात्तिक
प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल माथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेल सहित ११ जना विरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेका मध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन् । तस्करीमा संलग्न मुख्य नाइके चारै जना फरार छन् । सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ । त्यस्तै न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्का विरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ । १४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो । उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो ।
पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन् । सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन् । पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसल देखि भारत सम्म पुर्याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ । पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए । आफूले दुई पटक चीनबाट सुन ल्याएको उनले बताएका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया