लमजुङ , १९, कात्तिक
सुरक्षा समिति लमजुङले जिल्लाका मतदान स्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका १२३ मतदान स्थल मध्ये १८ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र तोकेको छ । सुरक्षा समितिका अनुसार जिल्लामा ८० वटा मतदानस्थल संवेदनशिल र बाँकी २५ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए । प्रजिअ मैनालीले अति संवेदनशिल र संवेदनशिल क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाईएको बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनको लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने उनको भनाई छ । चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशिल केन्द्रमा दोश्रो चरणमा निर्वाचन हुने तनहुँ र कास्कीका सिमानाका क्षेत्रलाई मानिएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया