काठमाडौं , १९, कात्तिक
गणतन्त्र स्थापनाको १० वर्षे अवधिमा दुईपटक संविधानसभा चुनाव जितेर या सरकारको सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका सात पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा उत्रेका छन् । "/>

११ जना पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा

११ जना पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , १९, कात्तिक
गणतन्त्र स्थापनाको १० वर्षे अवधिमा दुईपटक संविधानसभा चुनाव जितेर या सरकारको सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका सात पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा उत्रेका छन् । आगामी १० र २१ मंसिरमा सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उनीहरू होमिएका हुन् । चुनावी मैदानमा उत्रिएका पूर्वस्वास्थ्यमन्त्रीमा गिरिराजमणि पोखरेल, गगन थापा, खगराज अधिकारी, रामजनम चौधरी, राजेन्द्र महतो, शक्ति बस्नेत र राज्यमन्त्री डा. वंशीधर मिश्र छन् ।

२०४६ सालको प्रजातन्त्रपछिका थप चार पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसी, सुरेन्द्रप्रसाद चौधरी, उमाकान्त चौधरी र रामचन्द्र झा पनि उम्मेदवार बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल लगायत माओवादी केन्द्रबाट सरकारमा सामेल अन्य मन्त्रीलाई गत असोज मसान्त देखि ‘बिना विभागीय’ बनाइदिएका थिए ।तीनपटक स्वास्थ्यमन्त्री भइसकेका पोखरेल प्रदेश नम्बर २ को महोत्तरी निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा उठेका हुन् । एमाले–माओवादी केन्द्र गठबन्धन बनेको महोत्तरी १ मा उनको प्रतिस्पर्धा कांग्रेसका सीताराम भण्डारीसँग हुनेछ । पोखरेल अघिका स्वास्थ्यमन्त्री थापा ३ नम्बर प्रदेश अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा छन् । उनी वाम गठबन्धनको समर्थनमा उठेका डा.राजन भट्टराईसँग प्रतिस्पर्धा गर्दै छन् ।
राजधानीबाट

Logo