आधुनिक देशमा महिला बिरुद्ध रहेको कठोर कानून

आधुनिक देशमा महिला बिरुद्ध रहेको कठोर कानून

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ कात्तिक । धेरै विकसित देशहरुमा अझैं पनि अनौठा किसिमका कानूनहरु रहेका छन् । अझ हामीहरुले बिकासको उच्चतम विकास गरेको भन्ने केही देशहरुमा पनि महिलाहरुका लागि अझैं पनि कडा कानूनहरु रहेको छ । जस्तो महिलाहरुले शरीरको माथिल्लो अंग देखाएमा, निवस्त्र भएमा उनीले ठुलो धनराशि जरिवना तिर्नुका साथै जेल सजाय समेत भोग्नु पर्ने हुन्छ ।

महिलाहरु प्रति कठोर कानून भएको मुलुकमा तपाई हामीले बिकसित देश मान्ने सिंगापुर पनि रहेको छ । एसियाको मोर्डन देशको रुपमा मानिने सिंगापुरमा कुनै पनि महिलाले कम्मर भन्दा माथीको भाग देखाउने वा निवस्त्र भएर हिडेको पाईएमा उक्त महिलालाई २ लाख ६ हजार रुपैंया जरिवना सहित ३ महिना जेल सजाँय समेत हुने गर्छ ।

यूरोपियन मुलुक आयरल्याण्डमा कुनै पनि महिला निवस्त्र भएर हिड्डुल गरेमा ८० हजार रुपैंया जरिवना सहित ६ महिना जेल सजाँय हुन्छ । अर्को यूरोपियन मुलुक टर्किमा सार्वजनिक स्थलमा निवस्त्र भएमा जरिवनाको कानून त रहेको छ नै साथै केही संस्थाहरुले सार्वजनिक स्थलमा महिलालाई हाँस्न समेत प्रतिबन्ध लगाउने कानून ल्याउने सोचाईमा रहेका छन् ।

साम्बा डान्सको कारण विश्वमै ग्ल्यामरको क्षेत्रमा ख्याती कमाएको ब्राजिलमा सार्वजनिक स्थलमा निवस्त्र हिड्डुल गरेमा महिलालाई ६ महिनाको जेल साजाँय हुने कानून रहेको छ ।

रसियामा निवस्त्र भएर सार्वजनिक स्थलमा हिड्डुल गरेको पाइएमा उक्त महिलालाई ६ हजार रुपैंया जरिवना गर्ने कानून रहेको छ । मध्यपूर्वमा केही उदार राष्ट्रको रुपमा देखिने संयुक्त अरव ईमिरेट्समा महिलाले अश्लिल क्रियाकलाप गरेमा वा आपत्तिजनक लाग्ने किसिमको ड्रेस लगाएमा ६ महिनाको जेल सजाँय हुने ब्यवस्था रहेको छ । एजेन्सी

Logo