जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाजुरा, १८ कात्तिक । केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । 

उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ ।

Logo