काठमाडौँ, १७, कात्तिक
हिजो ४५ जिल्लामा भएको मनोनयन दर्तामा हेभिवेट नेता विरुद्ध बागी उम्मेदवारी परेको छ। काठमाडौं– २ मा एमाले नेता माधवकुमार नेपाल विरुद्ध जिल्ला कमिटि सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् भने तनहुँ– १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।सप्तरी–२ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका महामन्त्री जयप्रकाश ठाकुर चुनावी मैदानमा उभिएका छन् भने महोत्तरी–३ मा राजपा नेता महन्थ ठाकुर विरुद्ध अघिल्लो चुनावमा स्वतन्त्र विजयी चन्देश्वर झाले बागी उम्मेदवारी दिएका छन् । झा एक महिना अघि मात्र राजपा प्रवेश गरेका थिए ।
रौतहट–१ राजपाका अनिल झा विरुद्ध संघीय समाजवादी फोरमका बबन सिंहले बागी उम्मेदवारी दिएका छन् भने दाङ ३ मा एमालेका हिराचन्द्र केसी विरुद्ध हालै एमाले प्रवेश गरेकी कोमल ओलीले उम्मेदवारी दिएकी छन्। सिन्धुली–२ मा माओवादीका हरिवोल गजुरेल विरुद्ध किसान संघका उपाध्यक्ष रामकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । सल्यानमा माओवादीका टेकवहादुर वस्नेत विरुद्ध माओवादीकै भीमप्रकाश शर्मा चुनावी मैदानमा उत्रिएका छन् । कैलाली–५ मा कांग्रेसका डा.आरजु राणा देउवा विरुद्ध नेविसंघका क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया