गोरखा , १७, कात्तिक

गोरखाको लार्केबाट मनाङ हुँदै लम्जुङतर्फ लगिदै गरेको १७ किलोग्राम सुन लम्जुङको खुदीमा बरामद भएको छ। "/>

१७ किलो सुन सहित एक युवा पक्राउ

१७ किलो सुन सहित एक युवा पक्राउ

केन्द्रबिन्दु
0
Shares

गोरखा , १७, कात्तिक

गोरखाको लार्केबाट मनाङ हुँदै लम्जुङतर्फ लगिदै गरेको १७ किलोग्राम सुन लम्जुङको खुदीमा बरामद भएको छ। झोलामा राखिएको सुन सहित बा ५८ प ४२९१ नम्बरको मोटरसाइकलमा सवार नासोङ गाउँपालिका ९ दानाक्यू मनाङका पासाङ लामालाई पक्राउ गरिएको प्रहरीचौकी खुदीका इन्चार्ज असई नवराज भट्टराईले जानकारी दिए। खुदी चेकपोष्टमा चेकजाँच गर्न खोज्दा अटेर गरी भागेपछि लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लामाले गोरखा र तिब्बतको सीमानामा पर्ने लार्के भञ्ज्याङ हुदै सुन ल्याएको प्रारम्भिक बयानमा स्वीकार गरेको असई भट्टराईले जानकारी दिए।
अन्नपूर्णपोष्टबाट

Logo