भक्तपुर, १७, कात्तिक
२०४८ साल देखि भक्तपुरबाट निर्वाचित हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक प्रतिनिधिसभामा मनोनयन दर्ता गराएनन् । "/>

राजनितीबाट पर सर्दै नारायणमान बिजुक्छे

राजनितीबाट पर सर्दै नारायणमान बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, १७, कात्तिक
२०४८ साल देखि भक्तपुरबाट निर्वाचित हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक प्रतिनिधिसभामा मनोनयन दर्ता गराएनन् । प्रतिनिधि सभाको प्रत्यक्षमा मात्र होइन, समानुपातिकको बन्दसूचीमा पनि बिजुक्छेको नाम छैन। भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट ०४८ साल देखि निर्वाचित हुँदै आएका बिजुक्छेले पार्टीको निर्णय बमोजिम नै मनोनयन दर्ता नगराएका हुन् । नयाँ पुस्तालार्इ अवसर दिन आफूले निर्वाचनमा नउठ्ने निर्णय गरेको उनले बताए । नेमकिपाका नेता प्रेम सुवालका स्वकीय सचिव नरेश खत्रीले पनि पार्टीको निर्णय अनुसार नै बिजुक्छेले उम्मेदवारी दर्ता नगराएको जानकारी दिए । उनले भने, ‘अध्यक्षज्युले पार्टीको निर्णयअनुसार नै उम्मेद्वारी नदिनुभएको हो।’
नयाँ पत्रिकाबाट

Logo