इलामको गोदकमा माइक्रो बस दुर्घटना, १५ घाइते

इलामको गोदकमा माइक्रो बस दुर्घटना, १५ घाइते

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । इलाम, १५ कात्तिक ।

काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर आएको माइक्रो बस इलाम नगरपालिका–१०, गोदकमा मंगलबार दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

राती करिब ९ बजेतिर घुम्तीमा अनियन्त्रित भर्इ माइक्रो बाटोभन्दा ५० मिटर तल खसेको थियो ।

घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का ३३ वर्षीय प्रभास सिंह, काठमाडौंको बुढानिलकण्ठ–१ का ४१ वर्षीय बासुदेव भण्डारी, काठमाण्डौ ताराकिशोर–१० का ४८ वर्षीय ऋषिराम खत्री, काठमाडौं चन्द्रागिरी–१४ का ४१ वर्षीय अशोककुमार कार्की र काठमाडौंको कपन–११ का ५३ वर्षीय मेहरमान गुरुङ छन् ।

त्यस्तै, बागेश्वरी मनहरा–१० का ३५ वर्षीय जुहारीका घोरासैनी, तनहु भिमात–१ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा–९ का ३९ वर्षीय बिष्णुमान जैला, काभ्रेपलान्चोक पनौती नगरपालिका–११ का ४५ वर्षीय बिनोद गिरी, मकवानपुर हेटौडा उपमहानगरपालिका–५ का ५१ वर्षीय बिनोदकुमार पुडासैनी, स्याङ्जा बाग्लुङ नगरपालिका–११ का ३५ वर्षीय कमल पराजुली, सिन्धुपाल्चोक बेलेथी गाउँपालिका–७ का ५१ वर्षीय फलकप्रसाद पराजुली र ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी र इलाम–८ का २५ वर्षीय जीतबहादुर राई छन् ।

घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Logo