काठमाडौं, १५, कात्तिक
भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र । सबै सम्पत्ति लुटे। थातथलोमा बस्न दिएनन्। "/>

राज्यले अपराधी छुटाउने कोशिस नगरोस्ः सावित्री श्रेष्ठ

राज्यले अपराधी छुटाउने कोशिस नगरोस्ः सावित्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५, कात्तिक
भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र । सबै सम्पत्ति लुटे। थातथलोमा बस्न दिएनन्। घर छोडेर एउटा कोठामा सीमित पारे। बल्ल दुःखजिलो गरेर काठमाडौं ओत लाग्ने घर बनाएका छौं। ढुंगेललाई पक्राउ गरी जेल पठाएपछि भारी बिसाए जस्तो भएको छ। राज्यले अपराधीलाइ छुटाउने कोशिस नगरोस् । हाम्रो जस्तो पीडा अरुले भोग्न नपरोस्। यही कामना गर्छु।
हाम्रो घर ओखलढुंगा पकली गाविस वडा नं.२ हो। जीविकोपार्जनका लागि तोरी पेल्ने मिल थियो। दुःख गरेर खान पुग्थ्यो। तर अहिले सबैकुरा ध्वस्त भएको छ। बम पड्काएर घर ध्वस्त पारिदिएका छन्। तोरी पेल्ने मिल उतिबेलै ध्वस्त पारिदिएका हु्न्। मेरो भाइ उज्जन कुमार श्रेष्ठको ०५५ असार १० गते हत्या गरेका हुन्। मेरा दाइ गणेश कुमार श्रेष्ठको ०५९ मंसिर ६ गते हत्या गरेका हुन्। दाइको हत्यापछि तीन वर्षसम्म मानसिक तनाव व्यहोरेर गणेश कि छोरी रचना श्रेष्ठको पनि ०६२ जेठ २६ मा निधन भयो। परिवार छिन्नभिन्न पारिदिए। अनेक संघर्ष गरेर न्यायको लडाइ जारी राख्यौं। घरमा बृद्ध बाआमा, दाजुभाइका नावालक केटाकेटी मात्रै बाँकी रहे। हाम्रा लागि त्रासदीपूर्ण दिनहरुमा बृद्ध बाआमा (८७ र ८४ वर्षका) केटाकेटीको लालनपालन निकै कष्टपूर्ण रह्यो। अहिले भाइ अञ्जन श्रेष्ठले सानो तिनो जागिर गर्छ र परिवारको गुजारा चलेको छ । माओवादीबाट धम्की आइरहेको छ। बालकृष्ण ढुंगेलले पनि पटकपटक आफ्ना भाषणमा न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठलाइ समेत नछाड्ने धम्की दिएका थिए । हामी त को हौ र। ढुंगेललाई पक्राउ गरी जेल पठाएपछि भारी बिसाएजस्तो भएको छ। राज्यले अपराधीलाइ छुटाउने कोशिस नगरोस्। हाम्रो जस्तो पीडा अरुले भोग्न नपरोस्। यही कामना गर्छु।
नागरिकबाट

Logo