केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १३ कार्तिक ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका-४ मा माइक्रो दुर्घटना भएको छ। बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नं. को माइक्रोबस दुर्घटनाग्रस्त भएको जनाइएको छ।
स्थानीयका अनुसार माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको छ। माइक्रोबसमा चालकसहित १३ यात्रु रहेको बताइएको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।अहिले त्यहाँ स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार माइक्रोबस अर्को गाडीसंग ठोक्किएर दुर्घटना भएको हो।
यता उदयपुरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना भएको हो । त्यहा पनि उद्धारको कार्य जारी छ ।































प्रतिक्रिया