काठमाडौँ, १३, कात्तिक
पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासी विरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । खड्काले ‘चोर बाटो’ बाट निगमकै ढुवानी विनियमावली विपरीत ट्यांकर सञ्चालन अनुमति दिएको आरोप उनीहरुले लगाएका छन् । निर्णय रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ । पछिल्लो पटक दिइएको अनुमति खारेज नगरे देशभर पेट्रोलियम पदार्थ लोड÷अनलोड कार्य ठप्प पार्ने महासंघका सचिव विष्णुकुमार खड्काले आइतबार आपूर्ति मन्त्रालय र आयल निगममा पेस गरेको मागपत्रमा उल्लेख छ। गैरकानुनी रुपमा ट्यांकर सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज नभए कात्तिक १५ देखि ढुवानी ठप्प पार्ने महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए ।
नागरिकबाट





























प्रतिक्रिया