काठमाडौँ, १३, कात्तिक
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको ३९ औं वार्षिक साधारण सभासङ्गै आईतवार सम्पन्न निर्वाचनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । "/>

टानको अध्यक्षमा दाहाल निर्वाचित

टानको अध्यक्षमा दाहाल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३, कात्तिक
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको ३९ औं वार्षिक साधारण सभासङ्गै आईतवार सम्पन्न निर्वाचनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । दाहालका निकटतम प्रतिद्वन्दी मोहन लम्साल १८ मतले पराजित भए । दाहालले ३३१ मत प्राप्त गर्दा लम्सालले ३१३ प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार नुरु जांबु शेर्पाले ५० मत प्राप्त गरेका छन् ।

दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस–नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो । टान निर्वाचन समितिका अनुसार अध्यक्ष सहित वाम गठबन्धनबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन । यता लोकतान्त्रिक समुहबाट भने बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष , महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन ।
नेपाल समाचारपत्रबाट

Logo