राजविराज , १२, कात्तिक
सप्तरीको राजविराजबाट काठमाडौं गइरहेको बस त्रिशुली नदीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्युपछि सिङ्गो बस्ती शोकमग्न भएको छ । धादिङको गजुरी स्थित ना ६ ख १४६७ नम्वरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेर तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ तिलाठीको एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । तिलाठीसहित जिल्लाको बोदे वरसाईन, नेगडा, देउरी भरुवा, राजविराज बस्तीमा रुवावासी चलेको छ । छठ पर्व मनाएर काठमाडौं फर्किने क्रममा आफन्तको मृत्यु भएको खबरले वस्तीहरुमा चुल्हो समेत बलेको छैन् ।
तिलाठीका रमानाथ झाको सिंङ्गो परिवार नै बस दुर्घटनामा परि ज्यान गुमाएको छ । झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको छ । यस्तै संजितका ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत मृत्यु भएको छ । संजितका कान्छा छोरा प्रतिक र संजितकी साली पुजा अझै वेपता छन् । संयुक्त रात्री बस बुकिङ्ग काउण्टर राजविराजका अनुसार सप्तरीको राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्री बसमा सवार थिए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया