केन्द्रबिन्दु संवाददाता । काठमाडौँ, ११ कार्तिक ।
सरकारले बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका अर्जुनधारा-११ का नरेश थापाको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीच शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तत्काल किरिया खर्चबापत ५० हजार रुपैया दिइने भएको छ ।
बैठकले ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।





























प्रतिक्रिया