केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक ।
आज बिहान ५ बजे त्रिशुली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४६७ नम्बरको यात्रुवाहक बस गजुरी गाउँपालिका अन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको हो । उद्दारका लागि खटिएका गोताखोरले ५ महिला, २ नाबालक र ७ पुरुषको शव निकालेको हो ।
१५ जनालाई घाइते अबस्थामा उद्धार गरिएको छ । घाइते मध्ये दुर्गानन्द चौधरी र उनका छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बसमा करिव ५० जना यात्रु थिए ।





























प्रतिक्रिया