राजविराज,११, कार्तिक

छठ पर्व मनाउने क्रममा सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न भएको छ। "/>

छठ मनाउने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु

छठ मनाउने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

राजविराज,११, कार्तिक

छठ पर्व मनाउने क्रममा सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न भएको छ। छठ पर्व मनाउने क्रममा बुधवार राति पोखरीमा डुबेर रुपनी गाउँपालिका ३ कटैयाका १९ वर्षीय भुपेन्द्र साहको डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न भएको हो। पोखरीको बीच भागमा झण्डा गाडेर फर्किने क्रममा थाकेर पौडिन नसकी डुबेका साहलाई तत्काल उद्धार गरी उपचारका लागि सदरमुकाम राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
अन्नपूर्णपोष्टबाट

Logo