यी १० घटना जसले सर्वेन्द्र खनाललाई हिरो बनायो (भिडियो रिपोर्ट)

यी १० घटना जसले सर्वेन्द्र खनाललाई हिरो बनायो (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० कात्तिक ।

२०४६ सालमा इन्सपेक्टरवाट नेपाल प्रहरीमा प्रवेश गरेका सर्वेन्द्र खनाल हाल डिआइजी भएका छन् । र, उनको टाउकोमा केही समय अघिवाट उपत्यका ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी आइपुगेको छ ।

उनी यस्तो बेलामा ट्राफिक महाशाखाको कमाण्ड सम्हाल्न आइपुगेका छन्, जतिवेला उपत्यकाबासी ट्राफिकजामवाट आक्रान्त छन् । के सक्लान् त उनले ट्राफिक जामलाई ब्यवस्थित गर्न ? तर सामाजिक सञ्जालमा ब्यक्त उपत्यकाबासीको भनाइ बुझ्ने हो भने सवै ढुक्क देखिन्छन् । धेरैको भनाइ छ, – “उनले पक्कै सक्छन् ।”

डिआइजी सर्वेन्द्र खनालप्रति आम जनतामा त्यसै विश्वास पलाएको होइन । प्रहरी सेवामा २८ वर्ष विताउँदा उनले धेरै बहादुरीपूर्ण काम गरेका छन् । शसस्त्र द्धन्दमा रहेको माओवादी जनयुद्धलाई शान्तिप्रक्रियमा ल्याउन सरकारको सहयोगी भएकोदेखि विभिन्न हिंसात्मक घटनालाई ट्रयाकमा ल्याउन उनले निर्वाह गरेको भूमिका तारिफ योग्य छन् । त्यस्तै–यस्तै १० काम जसले सर्वेन्द्रलाई हिरो बनायो । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । आखिर कस्ता–कस्ता काम गरे त यी पुलिसका सेलिब्रेटी अफिसरले ?

१. कुमार श्रेष्ठ “घैटे” को इन्काउन्टर
– राजधानीका गुण्डा नाइकेहरुको राज उत्कर्षमा पुगेकावेला ३ भदौ २०७२ मा गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टरमा मृत्यु भयो । सामाखुसी कपुरधारामा भएको त्यस घटनालाई उछाल्न केही नेताहरु लागेपनि सामाजिक सञ्जाल र मिडिया मार्फत इन्काउन्टर अनुमोदन भएपछि काठमाण्डौं महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनाल अझ लोकप्रिय भए ।

२. फूटबलमा भइरहेको म्याच फिक्सिङको पर्दाफास
– अन्तर्राष्ट्रमा खेल खेलिरहने तर सधैं हारि रहने नेपाली फूटबल रोगको सल्यक्रियापनि सर्वेन्द्रले गरे । सन् २००८ देखि सधैं हारिमात्र रहने रोग म्याच फिक्सिङ हो भन्ने प्रमाण पेश गर्दै उनले फुटबलका तत्कालीन कप्तान सागर थापा सहित ५ जना खेलाडी तथा खेलब्यवस्थापकलाई २०७२ असोज २७ मा पक्राउ गरे । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ गरेको कबुल समेत गरे ।

३. रावणजीत माथि गोली प्रहार
काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला उनले २०७२ असार १८ मा रावणजीत तामाङलाई सुन्धारामा गोली हाने । लागुऔषध ओसार–पसार र अपहरण काण्डमा सिन्धुपलानचौक जिल्ला अदालतले १० बर्ष कैद तोकेका रावणजीत फरार अभियुक्त थिए । सुन्धारामा रहेको तत्कालीन बेबिलोन डिस्कोमा १०–११ जना हुल्याहा साथीहरुसँग बसेर रमाइलो गरिरहेकावेला रावणजीतलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको घेरा तोड्न रणजीत तर्फवाट हतियार चलाएपछि प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको थियो ।

४. पेट्रोलपम्पहरुमा छापा र ठगी गर्ने मेसिनको पर्दाफास
– काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला नै हो उनले १६ पेट्रोलपम्पमा एकै पटक छापा मारेको । देशले भारतीय नाकाबन्दीको मार खेपिरहेकावेला पेट्रोलपम्पहरुले चिप्स् जोडेर रिमोट मार्फत १०० मा ३ देखि ४ लिटर ठग्ने गरेको अनुसन्धानवाट खुलेपछि सर्वेन्द्रकै नेतृत्वमा छापा हानिएको थियो । यो छापा काण्ड त्यसवेला चर्चाको शिखरमा पुगेको थियो ।

५. कन्सलटेन्सीमा छापा
– शैक्षिक परामर्श दिने नाममा साइनबोर्ड राखेर मानव तस्करी गर्ने आरोप लागेका ४ दर्जन कन्सलटेन्सीमा एकै पटक छापा मारियो, सर्वेन्द्रकै नेतृत्वमा । ती मध्ये धेरैजसो अबैध निश्किए । १ सय ३० कन्सलटेन्सी मात्र दर्ता थिए । तर छापा मार्न थालेपछि हतार–हतार १ हजारभन्दा बढी कन्सलटेन्सीले बैधानिक बाटो समाते र कम्पनी दर्ता गराए । २ सयभन्दा बढी कन्सलटेन्सी सधैंकालागी बन्द भए ।

६. हुण्डिमा छापा
यसवेला पनि उनी काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख नै थिए । २०७२ असोजको यो घटनाले पनि चर्चाको शिखर छायो ।

राज्यलाई कर तिर्ने डरले अबैध पैसाको चलखेल गर्नेहरुको जालो बनेको हुण्डीमा उनकै नेतृत्वमा रेड हानियो । ट्याक्स एभोएय गर्ने, राज्यलाई ठग्नेहरुका विरुद्धमा गरेको यो कदम प्रसंसनीय मानियो ।

७. तराईका सशस्त्र भूमिगत समूहको सफाया
– उनले जनकपुर र नारायणीमा रहँदा गरेको मूख्य काम नै भूमिगत समूहको सफाया अभियान थियो । १ सय ९ वटा शसस्त्र भूमिगत समूहले तराईलाई नराम्रोसँग दुख दिइरहेका थिए । उनको सक्रियता र अभियानले त्यसलाई ४ वटामा झारिदिएको थियो । यसकालागी उनी आफैं फिल्डमा खटिएका थिए । सर्वेन्द्र भन्छन् “यसक्रममा कतिलाई त धार्मिक कार्यक्रममा बसेकावेला पनि ढालियो ।”

८. तराईका सशस्त्र गिरोहका तीन नाइकेलाई जेल
– दोस्रो संविधानसभा हुन नदिने भन्दै पर्चा–पम्प्लेट टासेर सक्रिय रहेकावेला गोहित समूहका अमिताभ गोहित र राजनमुक्तिका प्रमुखलाई पक्राउगरी जेलको हावा खुवाउन उनी सफल रहे ।

९. सीमाको डन जैसवाललाई खत्तम गरे
– नारायणी अञ्चलमा रहँदा उनले बीरगञ्जमा अपराध मच्चाइरहेको सुनिल जैसवाल “अग्नी” भन्ने गुण्डानाइकेलाई खत्तम गरे । जैसवाल खाने बस्ने उता (भारत) र अपराध गर्न यता (नेपाल) आउथ्यो । त्यसलाई उसलाई गोली हान्न सक्नुलाई समेत ठूलो आँट मानियो ।

१०. धनुषाको उत्तेजना वातावरण सामसुम पारे
– एकजना असईले एकजोडी केटा–केटीलाई छुट्याएर केटीलाई बलात्कार गरेको आरोपमा जनकपुरको माहोल नियन्त्रण वाहिर गएको थियो । सिडिओ र डिएसपी जिल्ला छोडेर भागिसकेका थिए । पत्रकार माथि आक्रमण भएको थियो । स्थानीय राजनीतिक पार्टीहरु भीडलाई उत्तेजित पार्नमा मस्त थिए ।

यस्तो अवस्थालाई काबुमा ल्याउन सर्वेन्द्रले गर्न सक्ने कुरा उठ्यो र तत्कालीन गृहमन्त्रीले काठमाडौंमा रहेका उनलाई धनुषा पठाए । उनी धनुषा ओर्लिदा पेट्रोल बमले स्वागत गरियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु भएका दिन धनुषा पुगेका उनी २४ घण्टाभित्र घटना सामसुम पारेर काठमाडौं फर्के । यस घटनाले उनको उचाईलाई राजनीतिकबृत्तमा समेत स्थापित गर्यो ।

रिपोर्ट – दिवस गुरागाईं
भिडियो सम्पादन – पर्वत भुजेल
उद्घोषण – दिवस/अदिती

Logo