केन्द्रबिन्दु संवाददाता । धनगढी ९ कात्तिक ।
एभरेष्ट बैंकले २३ औ वार्षिक उत्सवको अवसरमा अनाथ गृह, नया जिवन मिसनलाई ब्ल्यांकेट तथा कम्मल वितरण गरेको छ । एभरेष्ट बैंक धनगढी शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त अनाथ गृह लाई ब्ल्यांकेट तथा कम्मल वितरण गरिएको हो ।
एभरेष्ट बैंक धनगढीका शाखा प्रमुख यज्ञराज तिमिल्सिना र कर्जा विभाग प्रमुख हिमाल भट्टराईले सयुक्त रुपमा उक्त अनाथ गृह लाई ब्ल्यांकेट तथा कम्मल वितरण हस्तान्तरण गर्नुभएको छ ।
एभरेष्ट बैंकले २३ औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा देशभरि रहेका सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कर्यक्रम अन्र्तगत गरीब तथा असाहयलाई बिभिन्न सहयोग गरिएको छ ।































प्रतिक्रिया