भक्तपुरमा १ लाख नगद सहित १२ जुवाडे पक्राउ

भक्तपुरमा १ लाख नगद सहित १२ जुवाडे पक्राउ


केन्द्रबिन्दु संवाददाता । भक्तपुर ८ कात्तिक ।
भक्तपुरमा तास खेल्दै गरेका १२ जुुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरीले उनीहरुलाई सुर्यविनायक नगरपालिका वडा न. १० बाट करिब राती साढे १० बजे पक्राउ गरेको हो ।
उक्त वडामा रहेको चित्तपोल खड्का गाँउ स्थित बिशाल खड्काले संचालन गरेको किराना पसलभित्र अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेल्ने खेलाउने कार्य भईरहेको  सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा किराना पसलका संचालक ३७ बर्षिय बिसाल खड्का ,४० बर्षिय बासुदेव खड्का , ४९ बर्षिय रघुनाथ खड्का , ४० बर्षिय हरी खड्का , ३० बर्षिय ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् ।

त्यसै गरि काभ्रे बनेपा नगरपालिका १ का ४८ बर्षिय किरण थापा , ३७ बर्षिय सुन्दर जि.सी. , ३२ बर्षिय राजन थापा ,२७ बर्षिय गोकर्ण कार्की , ४८ बर्षिय सहदेव थापा , ४० बर्षिय राधाकृष्ण महत र ५० बर्षिय अंकुर थापा रहेका छन् । प्रहरी जुवाकोे खालबाट तास बुक ६ थान र नगद १ लाख २० हजार ४ सय रुपैयाँ बरामद गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी आवश्ययक अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कृष्ण प्रसाइले बताए ।

Logo