काठमाडौें, ८, कात्तिक
काठमाडौंको चक्रपथ भित्र निर्माण गर्ने योजना रहेको मोनोरेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनका लागि काठमाडौं–मोनोरेल कम्पनीलाई जिम्मा दिइने भएको छ । लगानी बोर्डद्वारा राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजकत्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका सहसचिव लगायत रहेको समितिले दिएको प्रतिवेदनको आधारमा सो कम्पनीलाई जिम्मा दिइने भएको हो ।
मलेसियाली र नेपालीको संयुक्त सो कम्पनीले २०१६ जुलाईमा सरकारलाई भार नपर्ने गरी डीपीआर गर्ने प्रस्ताव गरेको थियो । २४ पुस ०७३ मा बसेको लगानी बोर्डको २५ औं बैठकले काठमाडौं रेलमार्ग र मोनोरेल परियोजना प्रदान गर्नका लागि गरिनुपर्ने निम्न परिपूर्ति कोष र परियोजना विकासका लागि उपयुक्त तरिकाबारे विद्यमान सार्वजनिक निजी साझेदारी नीति समेतलाई आधार मानी उपयुक्त सुझाव पेश गर्न आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनको आधारमा सो कम्पनीलाई डीपीआरको जिम्मा दिन लागिएको बोर्डले जनाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया