काभ्रे, ८, कात्तिक

उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेवेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरेको छ । "/>

काभ्रेको भकुण्डेबेँसी क्षेत्रमा औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन शुरु

काभ्रेको भकुण्डेबेँसी क्षेत्रमा औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन शुरु

केन्द्रबिन्दु
0
Shares

काभ्रे, ८, कात्तिक

उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेवेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरेको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा ललितपुर र भक्तपुरबाट नजिक पर्ने भएकाले ठुलो सम्भाव्यता देखिएको छ । उद्योग राज्यमन्त्री रेशम लामाको नेतृत्वमा मन्त्रालयका सचिव, सहसचिव सहितको समूहले त्यसक्षेत्रमा औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन तथा स्थानीयको सुझाव संकलन गरेको हो ।

उद्योग राज्यमन्त्री लामाले मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेको बताए । उद्योग सचिव शंकरप्रसाद कोइरालाले मुलुकका विभिन्नक्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पूर्वाधारको विकासमा मन्त्रालयले एक अर्ब खर्च गरिसकेको जानकारी दिए ।सहसचिव गोपीकृष्ण खनालले त्यहाँ औद्योगिक ग्राम स्थापना भए स्थानीय स्रोत साधनको समूचित प्रयोग हुने र जनता लाभान्वित हुने बताएका थिए । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले मधेश र पहाडको बीच भागमा रहेको उक्त नगरपालिकाभित्र राम्रा फराकिला मैदान रहेको जानकारी दिँदै मन्त्रालयले शुरु गरेको अध्ययनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रासस

Skip This
Skip This
Logo