काठमाडौें, ८, कात्तिक
एनआईसी एसिया बैंक स्विफ्ट प्रयोग गरेर बैंकको करोडौं रुपैयाँ चोरी प्रकरणमा बैंक कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको देखिएको छ । राष्ट्रबैंक र एनआईसी बैंकले गरेको प्रारम्भिक अनुसन्धानले सोही बैंकका कर्मचारीको मिलेमतो हुन सक्ने देखाएको छ । लक्ष्मी पूजाका दिन भएको सो घटनामा एनआईसी एसिया बैंकको खाताबाट १० करोड रुपैयाँ चोरी भएको थियो । सो प्रारम्भिक अनुसन्धानले स्विफ्टमा कसैले अनधिकृत प्रवेश गरेर एनआईसी एसिया बैंकको खातामा रहेको पैसा अर्को बैंक वा खातामा सारेको देखिएको छैन । राष्ट्रबैंकका अनुसार सो बैंकका कर्मचारीले नै प्रयोग गर्ने युजर नेम र पासवर्ड प्रयोग गरेर एनआईसी एसिया बैंकको विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको रकम चोरी भएको देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा सो चोरिएको अधिकांश पैसा फिर्ता भएको राष्ट्रबैंकले जनाएको छ । राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘चिन्ता गर्नुपर्दैन, चोरिएको अधिकांश पैसा फिर्ता भएको छ ।’ चोरी प्रकरणमा देखिएका कर्मचारी को हुन्, उनीहरू दोषी हुन् कि होइनन् भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छैन । सोही बैंक कर्मचारीको युजर नेम र पासवर्ड कसरी प्रयोग भयो भन्ने तथ्य खुलेको छैन ।
राजधानीबाट





























प्रतिक्रिया