राजधानीमै २६ हजार अभियुक्त फरार, ५ अर्ब जरिवाना उठाउन बाँकी

राजधानीमै २६ हजार अभियुक्त फरार, ५ अर्ब जरिवाना उठाउन बाँकी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ७ कात्तिक ।

राजधानीमै विभिन्न मुुद्दाका २६ हजारभन्दा बढी अभियुक्त फरार रहेका छन् । काठमाडौँ जिल्ला अदालतले भदौ महिनासम्म विभिन्न मितिमा चोरी, जबरजस्ती करणी, कर्तव्य ज्यान र सार्वजनिक अपराध लगायतका मुद्दामा गरेको फैसलाका अहिले पनि २६ हजार ३ सय १८ अभियुक्त फरार रहेको काठमाडौँ जिल्ला अदालत लगत शाखाका नायब सुब्बा युवाचन्द्र घिमिरे बताए ।

उनले उक्त फरार अभियुक्तको कैद सजाय ९ हजार २ सय ९५ वर्ष ५ दिन रहेको पनि बताए । उनले उनीहरूबाट ५ अर्ब ४७ करोड ८५ हजार ४ सय ८ रुपैयाँ ६२ पैसा जरिवानासमेत उठाउन बाँकी रहेको बताए ।

फरार अभियुक्तहरूमध्ये सबैभन्दा बढी चोरी मुद्दाका रहेका छन् भने सबैभन्दा कम घरेलु हिंसाको मुुद्दाका रहेको घिमिरे बताए ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मदन भट्टाराईले यस्ता चोरी, जबरजस्ती करणी, कर्तव्य ज्यान र सार्वजनिक अपराधलगायत मुद्दाका फरार अभियुक्तहरूको खोजीकार्र्य तीव्र रूपमा भइरहेको बताए ।

उनले यस्ता फरार अभियुक्तलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंका कर्मचारी तथा प्रहरीको संयुक्त टोली लागि परेको बताए । उनले यस्ता फरार अभियुक्तको पक्राउ गर्ने क्रम जारी रहेको पनि बताए ।

Logo