दाङ,७, कार्तिक

संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । "/>

तालमेलले महरा अन्योलमा, भन्छन् – ‘दाङ २ नपाए घरमै बस्छु’

तालमेलले महरा अन्योलमा, भन्छन् – ‘दाङ २ नपाए घरमै बस्छु’

केन्द्रबिन्दु
0
Shares

दाङ,७, कार्तिक

संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको ‘रोल्पा यात्रा’ लाई त्यो बेला महरा दाङमा निकै असुरक्षित महसुस गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो । यसको कारण निर्वाचन जितेपछि उनी मतदाताको सामीप्यमा रहन नसकेको भनेर चर्चा गरिएको थियो ।
प्रतिनिधिसभा निर्वाचनका लागि महरा यसपालि रोल्पामा अटाउन सकेनन् । यसअघिका सबै निर्वाचन रोल्पा बाहिर लड्दै आएका अर्का नेता वर्षमान पुन यसपटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा ‘स्पेस’ नरहेको चर्चा समेत भएको छ । यद्यपि माओवादीले यसलाई भने महराकै सुझावका आधारमा वर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ । यहाँको २ नम्बर चुनावी क्षेत्र पनि पक्का नभएपछि महराको उम्मेदवारी अन्योलमा परेको छ । महराले भने आफू २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने दाबी गरिरहेका छन् । त्यसो नभए निर्वाचन नै नलड्ने उनले बताए । ‘मेरो क्षेत्र २ नम्बर नै हो,’ उनले भने, ‘दुईमा उम्मेदवार भइनँ भने घरमा बस्छु ।’
नागरिकबाट

Logo