काठमाडौं,७, कार्तिक
एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक गरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त रकम मध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिए। एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको जानकारी गराए पछि राष्ट्र बैंकले आइतबार देखि अनुसन्धान थालेको हो । राष्ट्रबैंकको टोलीसँगै एनआईसी एसिया बैंकले पनि अनुसन्धानका लागि भारतबाट विज्ञ झिकाएको छ। राष्ट्रबैंक र एनआईसी एसिया बैंक दुवैले औपचारिक रूपमा घटनाको विवरण सार्वजनिक गरेका छैनन् । राष्ट्रबैंकका अनुसार नेपालमा स्विफ्ट ह्याक गरेर विदेशमा रकम पठाएको यो पहिलो घटना हो।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया