काठमाडौं,७, कार्तिक

पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ । "/>

मन्त्री र सचिव बीच झगडै–झगडा !

मन्त्री र सचिव बीच झगडै–झगडा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७, कार्तिक

पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ । मुख्यतः विभिन्न मन्त्रालयका मन्त्री र सचिव बीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन् भने मन्त्रालयका महत्त्वपूर्ण फाइलहरू त्यत्तिकै अड्किएका छन्। स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच अधिकांश समय मन्त्री पिच्छे पानी बाराबार सम्मको स्थिति सृजना हुने गरेको छ।

एक हप्ता अघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट विनाविभागीय बनेका मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो ८० दिने कार्यकालको प्रगति विवरण सुनाउँदै भने– ‘मलाई मन्त्रालयका सचिव किरण रेग्मीबाट पछिल्लो दिनमा निकै असहयोग भयो। असहयोग गर्नेहरूलाई पनि सहयोग गरिरहन्छु। मन्त्रालयमा धर्ना जुलुस आउँदा समेत सचिव रेग्मी चुप लागेर बस्नुभयो । उहाँको काम त वार्ता समिति बनाएर समस्याका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने हो नि ’ पोखरेलले थपे – ‘म आउँदा सचिव हाजिर गरेर निस्किहाल्नु हुन्थ्यो । स्वास्थ्य सचिव पछिल्लो एक साता देखि मेरो सम्पर्कमा समेत रहनुभएन। कामहरू रोकियो। मैले मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिदा लिन चाहेको थिएँ। तर त्यो अवसर मलाई मिलेन। नयाँ मन्त्रीको साइत साढे १० बजे नै हो रहेछ। त्यसपछि कार्यक्रम अन्यत्रै सारियो।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरि पन्थीले भने– ‘मन्त्रालयमा सबै काम सहज तरिकाले हुनुपर्छ । मनमुटाव हुनु राम्रो होइन। म यसबारेमा थप बुझेर तिक्तता हटाउने उपायका बारेमा छलफल गर्छु।’
नेपाल समाचारपत्रबाट

Logo