काठमाडौं,७, कार्तिक
उम्मेदवार बन्न दलका नेताहरूले छेके पनि सरकारले आह्वान गरेको म्यादी प्रहरीको खुला प्रतिस्पर्धामा भने महिलाको उत्साहजनक उपस्थिति छ । "/>

महिलालाई उम्मेदवार बन्न दलका नेताहरूले छेके , म्यादी प्रहरीमा भने सकेनन्

महिलालाई उम्मेदवार बन्न दलका नेताहरूले छेके , म्यादी प्रहरीमा भने सकेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७, कार्तिक
उम्मेदवार बन्न दलका नेताहरूले छेके पनि सरकारले आह्वान गरेको म्यादी प्रहरीको खुला प्रतिस्पर्धामा भने महिलाको उत्साहजनक उपस्थिति छ । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीका लागि देशभर दुई लाख ९४ हजार ६९ आवेदन परेका छन् । ती मध्ये ५३ हजार पाँच सय ९४ आवेदन महिलाका छन् । ९८ हजार तीन सय ६८ म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।

सबै जिल्लामा छनोट प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ । सुरक्षा निकायलाई सहयोग गर्न सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गर्नेछ । उनीहरूले पोसाकका साथै प्रहरी जवानसरह तलब र रासन भत्ता पाउनेछन् । त्यस बाहेक चुनावको सात दिन खाजा खर्च पाउनेछन् । स्थानीय निर्वाचनमा ७५ हजार म्यादी भर्ना गरिएका थिए । पहिला भर्ना भएकालाई प्राथमिकतामा राखिएको छ ।

नयाँपत्रिकाबाट

Logo