इटहरी,७, कार्तिक
इलाका प्रशासन कार्यालय धरानका तीन जना नायव सुब्बा (नासू) लाई सेवाग्राहीबाट घुस लिंदै गर्दा इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेको छ । आयोगका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीले इप्रका धरानका नायव सुब्बा युवराज पोखरेल, हर्कराज राई, र मोहन सुवेदीलाई पक्राउ गरेको आयोगले जनाएको छ ।
बराह नगरपालिका–२ का एक सेवाग्राहीलाई नागरिकताको जन्म मितिको महिना सच्याउनको लागि भन्दै २० हजार रुपैयाँ घुस लिएका थिए । उनको जन्ममितिमा एक महिनाको फरक रहेको र सो सच्चाउन पैसा लाग्ने भन्दै उनीहरुले झुलाउँदै आएका थिए । जन्म मिति सच्याउनको लागि सम्बन्धित नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएपछि उक्त निवेदनको आधारमा प्रक्रिया पु¥याएको कागजात हेरेर प्रशासनले सच्याउने प्रावधान छ । सो बापत नपा वा प्रशासनलाई कुनै शुल्क तिर्नु पर्दैन । तर, सो काम गर्न रकम लाग्ने भन्दै पैसा लिएको डिएपी रिजालले जानकारी दिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया