काठमाडौं,७, कार्तिक
सरकारले प्रतिपक्षी एमालेको विरोधका बीच उपत्यकामा आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था सहितको चिकित्सा शिक्षा अध्यादेश अनुमोदन गरेको छ। अनुमोदित अध्यादेशलाई ऐनको रूप दिन सोमबार नै कानुन र गृह मन्त्रालय पठाइएको स्वास्थ्यमन्त्री दीपक बोहराले जानकारी दिए। उनका अनुसार सम्भवतः मंगलबार नै राष्ट्रपतिले उक्त अध्यादेश स्वीकृत गर्ने गरी प्रक्रिया अघि बढाइएको छ। प्राध्यापक डा. गोविन्द केसी र सरकारबीच पछिल्लो पटकको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई मन्त्रिपरिषद बैठकबाट अध्यादेशको रूपमा अनुमोदन गरिएको हो। डा. केसी पक्षका चिकित्सक र उनीसँग वार्ता गर्न गठित सरकारी टोलीसहित पूर्वस्वास्थ्यमन्त्री गगन थापा लगायतको समूहले आइतबार अध्यादेशलाई अन्तिम रूप दिएको थियो। अध्यादेशमा राष्ट्रिय चिकित्सा नीति तर्जुमाका लागि सरकारद्वारा गठित केदारभक्त माथेमाको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको सुझाव र डा. केसीको माग अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा आगामी १० वर्षसम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरिएको छ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया