गोरखा, ६, कार्तिक

गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक साता देखि फैलिएको ज्वरो र रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । "/>

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप फैलियो

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप फैलियो

केन्द्रबिन्दु
0
Shares

गोरखा, ६, कार्तिक

गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक साता देखि फैलिएको ज्वरो र रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । दुई सय भन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक साता देखि ज्वरोबाट पीडित थिइन् । गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए। “गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी छन् । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ । स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भने, “गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन ।” धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताए ।
रासस

Logo