सिन्धुपाल्चोक, ६, कार्तिक

जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। "/>

सिन्धुपाल्चोकको चुनाव पनि रोचक बन्नेः पशुपति शमसेर र अग्नी सापकोटा मैदानमा

सिन्धुपाल्चोकको चुनाव पनि रोचक बन्नेः पशुपति शमसेर र अग्नी सापकोटा मैदानमा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक, ६, कार्तिक

जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए । संघ र प्रदेशसभामा पञ्चायती राजनीतिका हस्ती राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्सेर जबरा, माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्नि सापकोटा, सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र एमाले पोलिटव्यूरो सदस्य अरुण नेपालको उम्मेदवारीले सिन्धुपाल्चोक चर्चामा छ।

ब्याण्ड बाजाको साथमा कम्यूनिस्ट, सूर्य र गोलाकारभित्रको हसिया हथौडा अंकित झण्डा फहराउँदै एमाले–माओवादी केन्द्रको वाम गठबन्धन सबैभन्दा पहिला उम्मेदवार दर्ता गराउन पुगेका थिए । वाम गठबन्धनको नेतृत्व माकेका नेता सापकोटाले गरेका थिए । उनी वाम गठबन्धनको तर्फबाट संघीय निर्वाचन क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा छन् । परम्परागत पञ्चेबाजा, धिमे बाजाले बजार गुञ्जाउँदै कांग्रेस–राप्रपा (प्रजातन्त्रिक) को लोकतान्त्रिक गठबन्धनले उसैगरी नारावाजीको साथ दलीय चुनाव चिह्न अंकित झण्डा फहराउँदै उम्मेदवारहरुको मनोनयन दर्ता गराएको थिए । यो गठबन्धको नेतृत्व राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष जबरा र मन्त्री बस्नेतले गरेका थिए । एक–अर्कालाई सघाउने निर्णय अनुसार जबरा संघीय क्षेत्र नं. २ र कांग्रेस केन्द्रीय सदस्य रहेका बस्नेत संघीय क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा होमिएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको मनोनयन दर्ता गराउन चर्चित अभिनेत्री तथा राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापा, नेता सुनिलबहादुर थापा समेत आएका थिए । अभिनेत्री थापाले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आएको बताइन्।
नागरिकबाट

Logo