जाजरकोट , ६, कार्तिक

केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ। "/>

जाजरकोटमा पूर्व गृहमन्त्री बस्नेत विरुद्ध बागी उम्मेदवार

जाजरकोटमा पूर्व गृहमन्त्री बस्नेत विरुद्ध बागी उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

जाजरकोट , ६, कार्तिक

केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ। माओवादी केन्द्र र एमालेको गठवन्धनको सहमति अनुसार भएको प्रतिनिधिसभा र प्रदेशसभामा सीट वाँढफाँढको तालमेल जिल्लास्तरमा कार्यन्वयन नभएपछि गठवन्धन अप्ठेरोमा परेको हो । आइतबारसँगै उम्मेदवारी दर्ता गर्न जाने भनेर सल्लाह गरेका एमाले माओवादीका नेताहरु उम्मेदवारी दर्ताका बेला एमाले उम्मेदवारलाई व्याक गरेर माओवादीका नेताको उम्मेदवारी दर्ता गर्ने माओवादी केन्द्रिय कार्यालयबाट सूचना आएपछि एमालेका नेताहरुले एक्लै गएर उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुवै क्षेत्रमा एमालेले लिने तालमेलको सहमति उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन अर्थात आइतवार दुवै पक्षले तोडेपछि गठवन्धन संकटमा परेको हो। वाम गठवन्धनपछि नेपाली काँग्रेसलाई सजिलै जित्न सकिने आँकलन गरेका एमाले माओवादीका नेता कार्यकर्ताहरु अहिले मलिन देखिएका छन्। वाम गठवन्धनका नेताहरुले आफ्ना आफ्ना पार्टीको केन्द्रिय नेतृत्वको निर्देशन अनुसार छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेपछि पार्टीका कार्यकर्ताहरु र शुभचिन्तकहरु अलमलमा परेका हुन् । माओवादी र एमाले दुवै दलका नेताहरुले आफ्नो पार्टीको केन्द्रिय नेतृत्वको निर्देशन अनुसार उम्मेदवारी दर्ता गराएको बताएका छन् । दुवै पक्षका नेताहरुले एक अर्कालाइ सहमति तोडेको आरोप लगाएका छन् । माओवादी केन्द्रका नेता शक्तिवहादुर वस्नेतले प्रदेशको एक सीट माओवादीलाइ छोड्ने गरि भएको सहमति एमालेका नेताहरुले नमानेको बताए । हाम्रो पार्टीका अध्यक्ष प्रचन्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको सहमति अनुसार प्रदेशसभाका लागि क्षेत्र नम्वर १ मा आफ्नो पार्टीका तर्फवाट उम्मेदवार दिइएको वस्नेतले बताए। उता एमालेका नेता निरज आचार्यले भने आफुहरुलाई माओवादीसँग सीट फेर्ने गरि कुनै सहमति नभएकोले आफुहरुले सवै पदमा उम्मेदवारी दिएको बताए । आफ्नो पार्टीका शिर्ष नेताहरुले सीट फेर्ने गरि कुनै सहमति नभएकोले आफ्नो उम्मेदवारी कायम राख्न निर्देशन दिएको उनको भनाई थियो ।
नागरिकबाट

Logo