बेनी, ६, कार्तिक
म्याग्दीमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरुलाई आफ्नैबाट बढी चुनौती देखिएको छ। आइतबार मनोनयन दर्तापछि म्याग्दीका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई आफ्नैबाट चुनौती थपिएको देखिएको छ। "/>

वाम गठबन्धन र लोकतान्त्रिकलाई आफ्नैबाट चुनौती

वाम गठबन्धन र लोकतान्त्रिकलाई आफ्नैबाट चुनौती

केन्द्रबिन्दु
0
Shares

बेनी, ६, कार्तिक
म्याग्दीमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरुलाई आफ्नैबाट बढी चुनौती देखिएको छ। आइतबार मनोनयन दर्तापछि म्याग्दीका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई आफ्नैबाट चुनौती थपिएको देखिएको छ। प्रतिनिधीसभाका लागि म्याग्दीबाट नेपाली काँग्रेसबाट सभापति खम्बीर गर्बुजा, वाम गठबन्धनबाट एमालेका भुपेन्द्र थापा, राप्रपा प्रजातान्त्रिकबाट रुपनारायण श्रेष्ठ, एकिकृत राप्रपा राष्ट्रबादीबाट रामबहादुर शाही र मँगोल नेशनल अर्गनाइजेशनबाट रनबहादुर फगामी, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर थापा र राष्ट्रिय जनमोर्चाबाट फौदबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेको छन्।

त्यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ मा काँग्रेस राप्रपा गठबन्धनबाट भीमप्रसाद गौचन, वाम गठबन्धनबाट माओबादी केन्द्रका विनोद केसी, राप्रपा प्रजातान्त्रिकबाट बलबहादुर सुनुवार, स्वतन्त्र उम्मेदवारका रुपमा नेत्र बहादुर महत र कर्णबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्। महत नेपाली काँग्रेस म्याग्दीका पूर्वसहसभापति र भण्डारी जिल्ला सदस्य हुन्। महत र भण्डारीले राप्रपासँग गठबन्धन अपवित्र भन्दै स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन्। क्षेत्र नं २ मा काँग्रेसको क्या। अमलाल फगामी, बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन, राप्रपा प्रजातान्त्रिकबाट बलराम दमाइ र स्वतन्त्रबाट एमाले निकट केपी अधिकारीको उम्मेदवारी परेको छ। उनले द्धन्द्धकालमा मारिएका आफ्नो बुबाको सम्मान र माओबादीसँगको गठबन्धन विरुद्ध उम्मेदवारी दिएका जानकारी दिएका छन् ।
अन्नपूर्णपोष्टबाट

Logo