दाङमा चक्कु प्रहारवाट हत्या गरेको अभियोगमा पक्राउ

दाङमा चक्कु प्रहारवाट हत्या गरेको अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्वाददाता
दाङ, ५ कात्तिक । देउसी भैलो खेल्ने क्रममा शनिबार हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

तुल्सीपुर साँझखुट्टी स्थित लिलाबहादुर बिकको घरमा देउसी भैलो खेलीरहेको अवस्थामा ३४ वर्षीय सेतीराम रौलेको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बसन्तबहादुर महतरालाई प्रहरीले पक्राउ गरेको हो । महतराको चक्कु प्रहार बाट रौले तथा २० वर्षीया महतरा नाम गरेकी युवती गम्भीर घाइते भएकी थिईन् । घाईते रौले तथा युवतीलाई उपचारको लागि राप्ती अञ्चल अस्पताल तुल्सीपुर लगिएको थियो । उपचारको क्रममा रौलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फुलबारी दाङबाट खटीएको प्रहरीे टोलीले लुकिछिपी भाग्दै गरेको अवस्थामा साँझखुटीको जंगलबाट महतरालाई पक्राउ गरेको जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङलले जनाएको छ ।

Skip This
Skip This
Logo